विश्वकप फुटबल: दक्षिण कोरियाले घानासँग हार्‍यो

जनसम्मत
मंसिर १३, २०७९, मंगलवार

अफ्रिकी मुलुक घानाले कतारमा जारी विश्वकप फुटबलमा एसियाली पावरहाउस दक्षिण कोरियालाई हराएको छ।

समूह ‘एफ’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा सोमबार साँझ भएको खेलमा दक्षिण कोरिया घानासँग ३–२ गोलले पराजित बन्यो।

घानाको जितमा मोहमद कुडुसले २ तथा मोहमद सालिसुले १ गोल गरे। दक्षिण कोरियाका लागि दुवै गोल चो ग्युसुङले फर्काए।

शीर्षस्थानमा रहेको पोर्चुगलको पनि ३ अंक छ। दक्षिण कोरिया र उरुग्वेले १/१ अंक बनाएका छन्।