विश्वकप फुटबल: नेदरल्यान्ड्स अन्तिम १६ मा

जनसम्मत
मंसिर १४, २०७९, बुधबार

नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।

समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।

समूह ‘ए’ बाट जितसँगै नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। आयोजक कतारको टोली एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिएको छ।

अल बायट स्टेडिममा भएको खेलमा नेदरल्यान्ड्सलाई जिताउन कोडी गाक्पो र फ्रान्की डे जोङ गोल गरे। गोक्पोले २६ औं मिनेटमा वान भर्सेस वानमा गोल गरे। त्यसपछि, फ्रान्क डे जोङले ४९ औं मिनेटमा कतारका रक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरे।