विश्वकप फुटबल: इंग्ल्यान्ड अन्तिम १६ मा

जनसम्मत
मंसिर १४, २०७९, बुधबार

इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

समूह ‘बी’ अन्तर्गत मंगलबार भएको समूह चरणको निर्णायक खेलमा जित निकाल्दै समूह इंग्ल्यान्डले नकआउट चरणमा प्रवेश गरेको हो।

कतारको अल अहमेद बिन अली रंगशालामा भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।

इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले २ र फिल फोडेनले १ गोल गरे। खेलको ५० औं मिनेटमा रासफोर्डले इंग्ल्यान्डलाई अग्रता दिलाए।

त्यसको अर्को मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे। रासफोर्डले नै खेलको ६८ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै जित सुनिश्चत गरे।