विश्वकप फुटबल: अमेरिका अन्तिम १६ मा

जनसम्मत
मंसिर १४, २०७९, बुधबार

अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ।

समूह ‘बी’ अन्तर्गत अल थुमामा रंगशालामा मंगलबार भएको समूह चरणको खेलमा इरानलाई १–० ले हराउँदै अमेरिका अन्तिम १६ को चरणमा प्रवेश गरेको हो।

अमेरिकालाई जित दिलाउन ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे।

समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेताको रुपमा र अमेरिका उपविजेताको रुपमा अन्तिम–१६ मा प्रवेश गरेका हुन्।