बागलुङ–२ को प्रदेशसभा (२) बाट काँग्रेसका दोर्णकुमार कुवँर निर्वाचित

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पुन मगरलाई ३ हजार ७४१ को मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।

मत गणनाको पछिल्लो नतिजाअनुसार कुँवरले १२ हजार ४२१ मत प्राप्त गरेका छन्।

त्यस्तै लक्ष्मण पुनमगरले ८ हजार ६८० मत ल्याएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले ३४१ मत प्राप्त गरेका छन्।