बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्।

केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्यप्रसाद पाठकमाथि २ हजार ६१९ को मतान्तर निकाल्दै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजाअनुसार केसीको २१ हजार ४६४ मत छ। उता, पाठकको भने १८ हजार ८४५ मत छ।