बागलुङ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार हिराबहादुर खत्रीलाई १ हजार ४८० को मतान्तरले हराउँदै विजयी बनेका हुन्।

मत गणनाको पछिल्लो नतिजामा थापाले १३ हजार ८९८ मत ल्याए भने खत्रीले १२ हजार ४१८ मत प्राप्त गरे।