बागलुङ–१ को (२) मा काँग्रेसका डिल्लीराम सुबेदी निर्वाचित

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नवराज पौडेललाई ६ हजार १२० मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।

मत गणनाको पछिल्लो नतिजामा सुवेदीले १३ हजार ३७९ मत प्राप्त गरेका छन्।

त्यस्तै पौडेलले ७ हजार २५९ मत प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गोविन्द सापकोटाले ६३० र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार सहवीर थापाले २५५ मत ल्याएका छन्।