तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता पौडेल विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित बनेका छन्।

पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार एकबहादुर रानालाई ५ हजार ३८० को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले २५ हजार ३६१ मत प्राप्त गरे। त्यस्तै, पौडेलका निकटतम प्रतिद्वन्द्वी रानाले १९ हजार ९८१ मत ल्याए।