तनहुँ–१ को प्रदेशसभा (२) बाट माओवादी केन्द्रका चुमान निर्वाचित

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान निर्वाचित भएका छन्।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका चुमानले निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर गुरुङमाथि २ हजार ७६८ को फरक मतान्तरको जित निकाल्दै गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा चुमानको १३ हजार २७१ मत छ भने गुरुङको १० हजार ५०३ मत छ।