तनहुँ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका श्रेष्ठ निर्वाचित 

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका अशोककुमार श्रेष्ठ निर्वाचित भएका छन्।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङमाथि ४ हजार २१८ को फरक मतान्तरले जित निकालेका हुन्।

मत गणनाको अन्तिम नतिजामा श्रेष्ठले १५ हजार ३६३ मत ल्याउँदै विजयी बनो हुन्। त्यस्तै, गुरुङको अन्तिम मत ११ हजार १५५ छ।