विश्वकप फुटबल: अर्जेन्टिना अन्तिम १६ मा

जनसम्मत
मंसिर १५, २०७९, बिहीवार

अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको हो।

स्टेडिए ९७४ रंगशालामा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलले हरायो।

अर्जेन्टिनाको जितमा म्याक एलेक्सिस एलिस्टर र जुलियन अल्भारेजले गोल गरे।

खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै टोलीलाई जित सुनिश्चित गरे। ३९ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई कप्तान लियोनेल मेसीले उपयोग गर्न सकेन। पोल्यान्ड कीपरले मेसीको पेनाल्टी प्रहारलाई उत्कृष्ट बचाउ गरे।

समूह चरणको खेलमा २ खेल जितेको अर्जेन्टिनाले ६ अंक जोड्यो र समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनायो। यस संस्करणको विश्वकप फुटबल अ्रन्तर्गत समूहको पहिलो सुरुवाती खेलमै अर्जेन्टिना एसियाली पावर हाउस साउदी अरेबियाबाट १–२ गोलले स्तब्ध बनेको थियो।