विश्वकप फुटबल: पोल्याण्ड पनि अन्तिम १६ मा

जनसम्मत
मंसिर १५, २०७९, बिहीवार

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ‘सी’ मै रहेको पोल्याण्ड पनि अन्तिम खेलमा अर्जेन्टिनासँग हारेर पनि उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ।

समूहको ३ खेलमा ४ अंक जोडेको पोल्याण्ड गोलसंख्याको आधारमा कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो।

यस समूहबाट मेक्सिको र साउदी अरेयिबा प्रतियोगिताबाट बाहिरिएको छ।

कतारको लुसाइल रंगशालामा बुधबार नै राति भएको खेलमा मेक्सिकोले साउदी अरेबियालाई २–१ ले हरायो। समूहको ३ खेलबाट ४ अंक जोडेपनि गोल संख्याको आधारमा बराबरी अंक बटुलेको पोल्याण्ड अगाडि रह्यो र मेक्सिको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।

साउदी अरेयिाबियासँगको खेलमा मेक्सिकोका लागि हेनरी मार्टिन र लुइस चाभेजले गोल गरे। मार्टिनले ४७ र चाभेजले ५२ औं मिनेटमा मेक्सिकोका लागि गोल गरे। खेलको इन्जूरी समयमा साउदी अरेबियाका लागि अल्दावसरीले गोल गरे। समूहको सुरुवाती खेलमा अर्जेन्टिनालाई जितेको साउदीले ३ अंक जोड्दै अन्तिममा रह्यो।