विश्वकप फुटबल: फ्रान्स पनि अन्तिम १६ मा

जनसम्मत
मंसिर १५, २०७९, बिहीवार

साविक विजेता फ्रान्सले पनि जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ।

समूह ‘डी’ बाट फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो।

समूहमा फ्रान्स र अष्ट्रेलियाले समान ६/६ अंक जोड्यो। गोल संख्याको आधारमा फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्यो।

लगातार सुरुवाती २ खेल जितेर नकआउट चरणमा पुगेको फ्रान्सले समूहको अन्तिम खेलमा ट्युनिसियासँग हार खेप्यो।

एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियासँग फ्रान्सले १–० को हार खेपेको हो।

खेलको ५८ औं मिनेटमा ट्युनिसियका लागि वाह्बी खाज्रीले गोल गर्दै टोलीलाई जित दिलाए। समूहबाट ४ अंक बटुलेको ट्युनिसिया तेस्रो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो।