विश्वकप फुटबल: १६ वर्षपछि अष्ट्रेलिया अन्तिम १६ मा

जनसम्मत
मंसिर १५, २०७९, बिहीवार

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ बाट अष्ट्रेलिया पनि उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

अल जानुब स्टेडियममा बुधबार राति नै भएको खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलियाले नकआउट चरणमा स्थान बनाएको हो।

खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका लागि म्याथ्यु लेकीले गोल गरेका हुन्। फिफा विश्वकप फुटबलको इतिहासमा अष्ट्रेलियाले १६ वर्षपछि नकआउटमा स्थान बनाएको हो।

अष्ट्रेलियाले ३ खेलबाट ६ अंक जोड्न सफल बन्यो। १ अंक जोडेको डेनमार्क जारी संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताबाटै बाहिरियो।