पोखरा महानगरपालिकाको वडा नं २५ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा

वडाका १६४ जना बालबालिकाहरुलाई पूर्ण रुपमा खोप लगाइएको जानकारी

जनसम्मत
जेठ ८, २०७६, बुधबार

हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना वडा घोषणा गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रमबीच वडा सचिव ईश्वरी पोख्रेलले वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्यङ्क अनुसार १६० जना बालबालिका रहेको र उनीहरुलाई पूर्णरुपमा खोप लगाइएको बताइन् ।

उनले भनिन, ‘यो कार्यक्रम बैशाखमा नै गर्नुपर्ने भएपनि ४ जना बालबालिकाले खोप नलगाएकाले जेठ महिनामा गरिएको हो । कुनैपनि बालबालिका खोपबाट छुट्न नहुने र यसको लागि मिडिया र बिद्यालयबाट पनि सहयोग हुनुप¥यो ।’