स्याङ्जा–२, प्रदेशसभा (१) मा काँग्रेसका भोजराज विजयी

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन्।

अर्यालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनप्रसा रेग्मीलाई २ हजार ७३० मतान्तरले हराउँदै विजयी बनेका हुन्।

मत गणनाको पछिल्लो नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका अर्यालले १५ हजार १६१ मत प्राप्त गरे भने रेग्मीले १२ हजार ४३१ मत ल्याए।