विश्वकप फुटबल: जापान र स्पेन अन्तिम १६ मा

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

एसियलाी पावर हाउस जापानले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ।

समूह ‘इ’ मा रहेको जापानले समूहको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी स्पेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।

समूहमा ६ अंक जोड्दै अन्तिम १६ का लागि जापानले स्थान बनायो।

सो समूहबाट स्पेन उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो।

खालिफा रंगशालामा बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई २–१ गोलले हरायो।

जापानका लागि रित्सु डोन र एओ टानाकाले १/१ गरे। त्यस्तै, जापानका लागि अल्भारो मोराटाले गोल गरे।