पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार

जनसम्मत
मंसिर १४, २०७९, बुधबार

पत्रकार यदुनाथ बञ्जाराले पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार पाउँदैछन्।

भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार बञ्जारालाई दिने निर्णय गरिएको हो।

ईञ्जीनियर स्वर्गिय लेखबहादुर गुरुङकोअक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ।

हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार प्रतिभा छनोटका लागि सुनासका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा सदस्यहरु पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र अग्रज पत्रकार श्याम कुँवर रहेको छनोट समितिले सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारालाई पुरस्कृत गर्ने सिफारिस गरेको हो।

सुनासको वैठकले अनुमोदन गरेको सुसाशनका लागि नागरिक समाज (सुनास) का अध्क्ष रविन्द्रनाथ बास्तोलाले वताए।

छनोट भएका पत्रकार यदुनाथ बञ्जारा लामो समय देखि भ्रष्टचार विरुद्धको अभियानमा सकृयतापूर्वक लागि खोज तथा अनुसन्धानमूलक पत्रकारिता गर्दै आएका छन्।

सीआइएस पत्रकारिता पुरस्कारलगायत विभिन्न सामाजिक संस्थाहरुबाट पुरस्कृत भइसकेका पत्रकार बञ्जारा पत्रकार महासंघ गण्डकी प्रदेश सचिव, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष लगायतका विभिन्न संघसंस्थामा आवद्ध छन्।