गोरखामा पृथ्वीनारायण शाहकालीन परेको तयारी

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको औंल्याएका छन्।

गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई सम्बोधन गर्दै रानामगरले यस्तो बताएका हुन्।

यस्तै, अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिनेगरी परेड आरम्भ गरिने जानकारी पनि उनले दिए।

यस्तो परेड साँझअघि हरेक दिन संचालन हुने र यसले पर्यटकलाई भुलाउने वातावरण तयार हुने उनले सुनाए। यसको अतिरिक्त छेपेटारमा कृत्तिम ताल निर्माण गरी नौका सयर, माछा मार्ने, वरपर होटल तथा रेष्टुराँहरुको संचालन, तालमा जम्मा हुने वालुवाको उत्खनन् गरी यसको सदुपयोग गर्दै अघि बढ्ने योजना नगरपालिकाको रहेको उनको भनाई छ।

‘आर्थिक र पर्यटनका हिसावले गोरखा जिल्लालाई हामी अगाडि बढाउन चाहन्छौं,’ उनले भने, ‘गोरखा जिल्लाको मुख्य संभावना नै पर्यटन रहेको छ।’

आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताए। गोरखा जिल्लामा थप होटल र पर्यटकीय पूर्वाधारको विकास गर्न बाँकी नै रहेको भन्दै उनले जिल्लामा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले विविध योजनाहरु क्रमश: अगाडि बढाउँदै लैजाने जानकारी दिए।