नेपाल र नामिबियाको खेल वर्षाले रोकियो

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ।

वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले ४ बल खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा १९७ रन बनाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाए।