स्याङ्जा–२ बाट नेपाली काँग्रेसका धनराज गुरुङ विजयी

जनसम्मत
मंसिर १८, २०७९, आइतबार

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी बनेका छन्।

शनिबार राति अबेर सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्मा अर्याललाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली धनराजले ५ हजार, ६२७  मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

अन्तिम नतिजा अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत ल्याइन्।