राष्ट्र बैंक शाखाले जित्यो वल्र्डलिङ्क फुटसल प्रदेश–५ को उपाधि

जनसम्मत
मंसिर १९, २०७९, सोमबार

राष्ट्र बैंक शाखाले पोखरामा सम्पन्न वल्र्डलिङ्क फुटसल प्रदेश–५ टुर्नामेन्टको उपाधि जितेको छ।

पोखराको स्पोर्ट्स क्यासलमा भएको फाइनल खेलमा राष्ट्र बैंक शाखाले अमरसिंह शाखालाई २–० ले हराउँदै उपाधि जितेको हो।

टुर्नामेन्टमा राष्ट्र बैंक शाखा टिमका कमल गुरुङ उत्कृष्ट खेलाडी बने। टुर्नामेन्टको ४ खेल खेलेका कमलले २ गोल गर्न सफल भएका थिए। टोलीले गरेको अन्य गोलमा पनि उनले असिस्ट गरेका थिए। सोही टिमकै किरण गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए। सोही टिमकै जेनिश गुरुङ बने। जेनिशले टुर्नामेन्टभरी सर्वाधिक ५ गोल गरे।

प्रदेशबाट १२ टिमको प्रतिस्पर्धा थियो। वल्र्ड लिङ्कको विभाजनमा पोखरालाई पदेश–५ मानेको छ।

वल्र्डलिङ्क कम्युनिकेसन लि.ले यस वर्षपनि नेपालभर कम्पनीस्तरिय फुटबसल टुर्नामेन्टको आयोजना गर्दै आएको हो। देशका ७ वटै प्रदेशमा हुने खेलमा प्रदेशबाट विजेताले राष्ट्रिय टिममा स्थान बनाउनेछन्।

वल्र्डलिङ्कमा आवद्ध कर्मचारीहरुलाई खेलकुदमा समेत सक्रिय गराउने उद्देश्यले प्रत्येक बर्ष फुटसल टुर्नामेन्टको आयोजना गरिने क्षेत्रीय मानव संसाधन प्रदेश ५ का प्रमुख सन्दीपकुमार सुबेदीले जनाए।

सुबेदीका अनुसार प्रदेश–५ मा विजेता भएको टिमलाई काठमाडौंमा हुने राष्ट्रिय स्तरीय प्रतियोगितामा सहभागी गराइनेछ। काठमाडौंमा हुने प्रतियोगितामा ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै १/१ टिम सहभागी हुनेछन्।