११ औं पोखरा महोत्सव–२०७९ का लागि विभिन्न ३७ उपसमितिहरु गठन

जनसम्मत
मंसिर १८, २०७९, आइतबार

११ औं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक समेत तोकेको छ।

युनाइटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भव्यढंगले सम्पन्न गर्न युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरी संयोजक तोकेको हो।

हालै सम्पन्न बैठकले मूल आयोजक उपसमिति संयोजकमा राजु श्रेष्ठ, कार्य सम्पादन उपसमिति संयोजक लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेल, संघसंस्था उपसमिति संयोजक सुकबहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजक लोकबहादुर थापा, सचिवालय उपसमिति संयोजक गणेश तिमिल्सिना, प्रचार–प्रसार उपसमिति संयोजक दिनेश सुनारलाई चयन गरेको छ।

त्यसैगरी, अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा सूर्यबहादुर बानिया, प्रायोजक ब्यवस्थापन उपसमिति संयोजकमा शान्तबहादुर थापा, झाँकी र्‍याली ब्यवस्थापन उपसमिति संयोजकमा पूर्णकला पोख्रेल, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा सिमा गुरुङ, स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा विष्णुकुमार गुरुङ, ब्यानर एवं फोटो तथा भिडियोग्राफी उपसमिति संयोजकमा जयराम आचार्य, टिकट तथा सामाजिक सञ्जाल उपसमिति संयोजकमा पूर्णकुमार श्रेष्ठ, मायाको चिनो उपसमिति संयोजकमा दिवानी सुवेदी, अतिथि सत्कार ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुलीलाई जिम्मेवारी तोकेको छ।

त्यसैगरी खानेपानी तथा सरसफाई ब्यवस्थापन उपसमिति संयोजकमा शिव थापा, खाना तथा खाजा ब्यवस्थापन उपसमिति संयोजकमा बिजय कार्की, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, मुल्यांकन उपसमिति संयोजकमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमिति संयोजकमा लिलाधर अधिकारी, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा रमेश कार्की, अनुगमन ब्यवस्थापन उपसमिति संयोजकमा गोबिन्द घिमिरे, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा सावित्री थापा, मुलद्वार ब्यवस्थापन उपसमिति संयोजक कृष्ण थापामगर, बीमा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्रबहादुर थापा, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा गोपाल गुरुङलाई जिम्मेवारी दिएको छ।

त्यसैगरी, ट्राफिक ब्यवस्थापन उपसमिति संयोजकमा नविन श्रेष्ठ, पार्किङ ब्यवस्थापन उपसमिति संयोजकमा राम थापा, पृष्ठपोषण उपसमिति संयोजकमा रिमबहादुर क्षत्री, विद्युतीय ब्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, हस्तकला ब्यवस्थापन उपसमिति संयोजकमा सविता श्रेष्ठ रञ्जित, स्वास्थ्य ब्यवस्थापन उपसमिति संयोजकमा नरहरि पनेरु, विद्युतीय सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र तिवारी, मिडिया कोअर्डिनेटरमा गिता रानामगर र कार्यालय सचिवमा रेजिना खत्रीलाई जिम्मेवारी दिएको छ।

त्यसैगरी, क्लवको बैठकले पोखरा महोत्सव २०७९ को लागि विभिन्न सल्लाहकारहरु चयन गरेको छ। महोत्सव सल्लाहकारहरुमा सम्मरबहादुर श्रेष्ठ, क्या. फत्तेबहादुर गुरुङ, पवित्रादेवी गुरुङ, श्यामकृष्ण श्रेष्ठ, विश्वप्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, सेती थापा, मेजर हितमान गुरुङ, लिला जिसी, प्रेमछिरि शेर्पा, भरत केसी, राजेन्द्रबहादुर कार्की, शिवबहादुर वराल, तेजबहादुर गुरुङ, कृष्णकुमारी थापा, सु. जसबहादुर गुरुङ, दिपकबहादुर थापा, गुप्तबहादुर कार्की, दया बराल, दानबहादुर गुरुङ र शंकरनाथ पौडेल छन्।

त्यस्तै, राजेश गुरुङ (वडाध्यक्ष वडा नं. १०), प्रेम कर्माचार्य (वडाध्यक्ष वडा नं. ११), सन्तोष बास्तोला (वडाध्यक्ष वडा नं. १२), किरण बराल (वडाध्यक्ष वडा नं. १३), बोधराज कार्की (वडाध्यक्ष वडा नं. १४), तोरण बानिया (वडाध्यक्ष वडा नं. १५) लाई पनि सल्लाहकारमा चयन गरेको छ।