कास्की–१ को प्रदेशसभा (१) बाट एमालेका खगराज अधिकारी निर्वाचित

जनसम्मत
मंसिर ९, २०७९, शुक्रबार

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दीपक कोइरालालाई ३ हजार ९९६ को मतान्तरले हराउँदै अधिकारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको पछिल्लो नतिजाअनुसार अधिकारीले १५ हजार ६२३ मत ल्याउँदा वाम लोकतान्त्रिक गणतन्त्रका साझा उम्मेदवार बनेका कोइरालाले ११ हजार ६२७ मत ल्याए।