म्याग्दीको प्रदेशसभा (२) बाट माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित

जनसम्मत
मंसिर ६, २०७९, मंगलवार

म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ को झिनो मतान्तरले हराउँदै रेशमबहादुर गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रेशमबहादुरले ९ हजार ४५४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी यामबहादुरले ९ हजार ३५३ मत ल्याए।