विश्वकप फुटबल: क्वार्टरफाइनल समीकरण पूरा

जनसम्मत
मंसिर २१, २०७९, बुधबार

कतारमा जारी २२ औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको हो।

क्वार्टरफाइनलमा साबिक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल, अर्जेन्टिना, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, मोरोक्को र पोर्चुगलले स्थान बनाएका छन्। अब, सेमिफाइनल प्रवेशका लागि पहिलो क्वार्टरफाइनलमा शुक्रबार राति ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।

शुक्रबार राति नै दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्नेछन्। शनिबार हुने तेस्रो क्वार्टरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा चौथोमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।