पत्रकार यदुनाथ बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कारबाट प्रदान

जनसम्मत
मंसिर २२, २०७९, बिहीवार

पत्रकार यदुनाथ बञ्जारा सुनास पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्।

शुशासनका लागि नागरिक समाज(सुनास ) कास्कीले ई स्व लेखबहादुर गुरुङद्वारा स्थापना गरेका अक्षयकोषबाट संचालित पुरस्कारबाट सम्मानीत भएका हुन्।

यस वर्षको अंग्रेजी महिनाको ९ तारिकका दिन ( मंसीर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सुनास कास्कीका अधक्ष रवीन्द्रनाथ बास्तोलाले पत्रकार बञ्जारालाई संयुक्त रुपमा दोसल्ला र सम्मानपत्र र नगद राशीको पुरस्कारसहित सम्मान प्रदान गरे।

सुनास कास्कीका पूर्व अध्यक्ष्य चद्रकृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अधक्ष विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले पत्रकार बन्जारालाई छनोट गरेका थिए।

देशान्तर साप्ताहिकबाट पत्रकारिता सुरु बञ्जारा सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक एवं पत्रकार महासंघ गण्डकीका सचिव एवं सूचनाको हकका लागि कास्की जिल्ला सञ्जालका अध्यक्ष्य समेत हुन्।

यसअघि, सो पुरस्कारबाट दीपक परियार, अर्जुन गिरी, बासुदेव मिश्र सम्मानीत भइसकेका छन्।