पत्रकार आरजू विष्ट ‘सल्यानी’ लाई युआरएल पत्रकारिता पुरस्कार प्रदान

जनसम्मत
मंसिर २३, २०७९, शुक्रबार

पत्रकार आरजू विष्ट ‘सल्यानी’ युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ।

प्रमुख अतिथ पोखराका मेयर धनराज आचार्य र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलको शुक्रबार आयोजित एक कार्यक्रममा नगदसहित सम्मानपत्र, खादा, माला लगाएर पत्रकार ‘सल्यानी’ लाई सम्मान गरेका हुन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा. सुरेश पौडेल र पत्रकार बासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले ‘सल्यानी’लाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

२ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील ‘सल्यानी’ रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन्। गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टका कलाकार समेत हुन्। यसअघि, यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन्।

नि:शुल्क १ सय ३० भन्दा बढी शिविर सञ्चालन गरिसकेको युआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको छ।