गण्डकी प्रदेशसभाको समानुपातिकमा एमालेबाट १० सांसद छानिए

जनसम्मत
मंसिर २४, २०७९, शनिबार

नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ।

शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरुको बर्चस्व छ।

समानुपातिकमा खसआर्य महिलातर्फ यशोदा रिमाल (लजमुङ) र देवका पहाडी (कास्की) छन् भने खसआर्य पुरुषतर्फ कृष्णप्रसाद पाठक (बाग्लुङ) र प्रकाशबहादुर केसी (कास्की) छन्।

त्यस्तै, आदिवासी जनजाति महिलातर्फ विनाकुमारी थापा (बाग्लुङ) र निर्मला थापा (स्याङ्जा) छन्।

यसैगरी, अल्पसंख्यकतर्फ राजकुमारी भुजेल (कास्की), आदिवासी जनजाति पुरुषतर्फ लिलाबहादुर थापामगर (बाग्लुङ) तथा दलिततर्फ नन्दकला दमाई (कास्की) र गोविन्दबहादुर नेपाली (बाग्लुङ) छन्।