५ वर्षसम्मै गठबन्धन कायम हुनुपर्छ: भण्डारी

जनसम्मत
मंसिर २४, २०७९, शनिबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् ।

आज (शनिबार) दमौलीको बीपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए ।

उनले सङ्गठन सुदृढीकरण गर्न सकेको भए निर्वाचनमा कांग्रेसले अझ बढी सिट जित्न सक्थ्यो भन्दै संगठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।