मेस्सीले विश्वकपमा सर्वाधिक २५ म्याच खेल्दै

जनसम्मत
मंसिर २७, २०७९, मंगलवार

अर्जेन्टिनी कप्तान मेस्सीले आज (मंगलबार) जारी विश्वकपको सेमिफाइनल खेल्दैछन्।

कतारको दोहास्थित लुसाइल स्टेमिडयममा क्रोएसियाविरुद्धको खेल अर्जेन्टिनाले जित्यो भने कप्तान मेस्सीले विश्वकपमा सर्वाधिक म्याच खेल्ने खेलाडीको रेकर्ड बनाउनेछन्।

जारी विश्वकपको सेमिफाइनलमा मेस्सीको खेल २५ पुग्नेछ। आज राति हुने सेमिफाइनल जितेर फाइनल खेल्ने नतिजा निकाले कप्तान मेस्सीले विश्वकपमा सबैभन्दा बढी म्याच खेल्ने खेलाडीको नाम दर्ता गराउनेछन्।

सेमिफाइनल खेल जितेर मेस्सीले फाइनल खेले भने विश्वकपमा २६ औं म्याच खेल्ने एक्लो खेलाडी बन्नेछन्।

यसअघि, विश्वकपमा सबैभन्दा बढी म्याच खेल्ने खेलाडीको रेकर्ड जर्मनीका पूर्व खेलाडी लुथर म्याथुसको नाममा छ। उनले विश्वकपमा सर्वाधिक २५ म्याच खेलेको रेकर्ड छ।

विश्वकपमा सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोज छन्।