प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

जनसम्मत
पौष ३, २०७९, आइतबार

निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

निर्वाचन आयोगमा आज (आइतबार) आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन्।

समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरे। प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन्।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले) का ३४, नेपाली काँग्रेसका ३२, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका ५/५ जना निर्वाचित भएका छन्।