अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई बधाई दिए

‘प्रतिनिधिसभामा संख्यामा खुम्चिएका हौँ, भूमिका कमजोर छैन’

जनसम्मत
पौष ३, २०७९, आइतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पार्टीबाट नवनिर्वाचित सदस्यहरुलाई बधाई दिए।

सांसदहरुलाई बधाई दिदैँ प्रचण्डले ०७४ भन्दा खुम्चिनु गंभीर विषय भएको बताए।

उनले अघिल्लो चुनावमा ३८ सिट भएको पार्टी ३२ सिटमा खुम्चिनु गंभीर विषय भएको स्वीकार गरे।

स्थानीय निर्वाचनमा अघिल्लोभन्दा राम्रो नतिजा आएको बताए।

प्रदेशसभामा ०७४ को हाराहारीमा नै भएको बताए।

प्रतिनिधिसभामा संख्या कम भएपनि भूमिकामा भने कम नहुने उनको भनाई छ।

‘प्रतिनिधिसभामा संख्यामा कम भएपनि प्रभाव र भूमिकाको दृष्टिकोणले कमी हुने छैन,’ उनले भने।

छिट्टै नै नयाँ सरकार गठन हुने उनको विश्वास छ। सांसदहरुको सपथ ग्रहणपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्नुपर्ने उनले बताए।

‘राजनीतिक दलहरुको बीचमा आपसी छलफलबाट छिट्टै नै नयाँ सरकार गठन हुन्छ भन्ने विश्वास व्यक्त गर्छु’, उनले भने।