नेप्से परिसूचक २७.५४ अंकले घट्यो

१ अर्ब १५ करोडको कारोबार

जनसम्मत
पौष ३, २०७९, आइतबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले ओरालो लागेको छ।

नेप्से परिसूचक साताको पहिलो दिन आइतबार २७.५४ अंकले घटेर १८५५.६ विन्दुमा पुगेको छ।

यस दिन नेप्सेमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। २५० कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ३७ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

आइतबार सबैभन्दा धेरै इस्टन हाइड्रोपावरको सेयर मूल्य बढेको छ। इस्टनको १० प्रतिशतले सेयर मूल्य बढेको हो। ग्लोबल आइएमई ब्यालेन्स फन्डको ९.३५ प्रतिशतले बढेको छ।

सबैभन्दा बढी सेयर मूल्य घट्नेमा रुरु जलविद्युत् कम्पनी र पिपुल्स हाइड्रो छन्। पिपुल्स र रुरुको १० प्रतिशतले सेयर मूल्य घटेको छ।