काँग्रेस संसदीय दलको निर्वाचनका लागि ३ सदस्यीय समिति गठन

जनसम्मत
पौष ३, २०७९, आइतबार

नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सह–महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो।

समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली ‘स्नेही’ छन्।