पोखरा सडक महोत्सव: ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’

जनसम्मत
पौष ३, २०७९, आइतबार

रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसीय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पोखरामा क्रियाशील झण्डै २ दर्जन पत्रकारसहित आयोजक रेवान पोखराको टोली सहभागि थिए। टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्प हुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे।

अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक वर्ष पुष १३ देखि १७ गते सम्म पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ। यसैको २४ आंै संस्करणको प्रवद्र्धनका लागि टोलीले हाइकिङ कार्यक्रम गरेको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए।

कोभिडका कारण पछिल्ला २ संस्करणहरु ५ दिनसम्म संचालन गर्न नसकिएपनि अब भने पर्यटन उत्थानका लागि पुन: ५ दिनकै महोत्सव आयोजना गर्न लागिएको भट्टराईको भनाई छ।

लेकसाइडको साढे ३ किलोमिटर क्षेत्रमा हुने यो महोत्सव देशकै पृथक महोत्सव हो। झण्डै ५ लाख जति आन्तरिक तथा वाह्य पर्यटकले यो महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ।

‘फूड, म्युजिक, कल्चर’ नारासहित आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्याण्डहरुको लाइभ प्रस्तुती, अन्र्र्तराष्ट्रिय खानाका परिकार, देशका विभिन्न स्थानमा ख्याति कमाएका साँस्कृतीक कार्यक्रम, लोकदोहोरी, भैरव नृत्य तथा डुंगा दौड, वेटर रेस, ‘टग अफ वार लगायत’का कार्यक्रमहरु आकर्षणका रुपमा रहने भट्टराईले जनाए। महोत्सवको पूर्वाद्र्धमा खहरेबाट विभिन्न समुहको साँस्कृतिक झाँकी निस्कनेछ।