मेस्सी, विश्वकपको सर्वोत्कृष्ट खेलाडी

जनसम्मत
पौष ४, २०७९, सोमबार

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने।

सर्वोत्कृष्ट खेलाडी बनेका मेस्सीले गोल्डेन बल जिते।

फाइनलमा लियोनल मेस्सीले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे। उनले कतार विश्वकपमा जम्मा ७ गोल गरेका छन्।

आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी दोस्रो पटक विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

उनले यसअघि सन् २०१४ को विश्वकप फुटबलमा पनि सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका थिए। त्यो विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो।

विश्वकपमा सर्वाधिक २६ खेल खेल्दै कप्तान मेस्सीले नयाँ कीर्तिमान पनि बनाए। यसअघि, जर्मनीका लुथर म्याथुसले विश्वकपमा २५ खेल खेल्दै .कीर्तिमान बनाएका थिए।

क्रोएसियाविरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाले ३–० गोलले हराउँदा कप्तान मेस्सीले लुथरको रेकर्ड बराबरी बनाए। योसँगै विश्वकप फुटबल इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि मेस्सी बनेका हुन्।

३५ वर्षीय मेस्सीले सन् २००६ देखि २०२२ सम्म लगातार ५ वटा विश्वकप खेल्दै १३ गोल गरेका छन्।

त्यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेजले विश्वकपको युवा खेलाडी अवार्ड जितेका छन्। त्यस्तै, अर्जेन्टिनाकै गोलकीपर इमिलियानो मार्टिनेजले उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका छन्।

त्यस्तै, सर्वाधिक गोलकर्ता बन्दै फ्रान्सका एम्बाप्पेले गोल्डेन सूज जितेका छन्। एम्बाप्पेले यो संस्करणमा मात्रै सर्वाधिक ८ गोल गरे। अर्जेन्टिनासँगको फाइनल खेलमा उसले ह्याट्रिक गरे।