नवनिर्वाचित सांसदहरुले लिए सपथ, ४ सांसद अनुपस्थित

जनसम्मत
पौष ७, २०७९, बिहीवार

प्रतिनिधि सभाका २७० सांसदले सपथ लिएका छन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन्।

सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन्। जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए।

सपथ ग्रहणमा ४ सांसद अनुपस्थिति भएको संसद् सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार उनीहरुको सपथ पछि हुने बताइएको छ।

बिहीबारको सपथ ग्रहणमा सहभागी नहुनेहरुमा रामकुमार राई (माओवादी केन्द्र), प्रेमबहादुर आले (नेकपा एकीकृत समाजवादी), माया राई (नेपाली काँग्रेस) र महिन्द्र राय यादव (माओवादी केन्द्र) छन्।

नेपाली भाषाबाहेक १४ भाषामा सपथ खाने भनेर सांसदहरुले नाम टिपाएका थिए।