आहा ! रारा पोखरा गोल्ड कपको खेल तालिका सार्वजनिक

उद्घाटन खेलमा आयोजक सहारा क्लबले धरान फुटबल क्लबसँग खेल्ने

जनसम्मत
पौष ८, २०७९, शुक्रबार

गण्डकी प्रदेशकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता–२०७९ को खेल
तालिका सार्वजनिक भएको छ।

तालिका अनुसार उद्घाटन खेलमा आयोजक सहारा क्लवले धरान फुटवल क्लवसँग प्रतिस्पर्धा गर्ने भएको छ।

यही पुसको १४ गतेदेखि पोखरा रंगशालामा संचालन हुने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा र धरान फुटवल क्लवबीच उद्घाटन खेल हुने भएको क्लवले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ।

प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित ३ विभागीय क्लब नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी, मच्छिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, धरान फुटबल क्लब, अमेरिकाको बीवाइएस्सी गरी १० टिमको प्रतिस्पर्धा रहनेछ।