अनिलको कप्तानीमा गण्डकी–११ ले स्पेनसँग मैत्रीपुर्ण फुटबल खेल्दै

स्पेनको काथेरेन्यो फुटबल क्लबले पोखरा र काठमाण्डौंमा २ मैत्रीपूर्ण फुटबल खेल्ने

जनसम्मत
पौष ७, २०७९, बिहीवार

अनिल गुरुङको कप्तानीमा गण्डकी–११ ले स्पेनको फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।

गण्डकी–११ ले स्पेनसँग पुस १३ गते पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो।

गण्डकी ११ फुटबल टीमको लागि अनिल गुरुङको कप्तानीमा दिप कार्की, राजाबाबु मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योन्जन, बिसन गुरुङ, जया गुरुङ, कमलबहादुर थापा, विजय श्रेष्ठ, दीपेश आलेमगर, शान्तबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवास गुरुङ र टिम म्यानेजरमा रोसन रानामगर छन्।

स्पेनको टिमसँग पुस १३ गते हुने भनिएको मैत्रीपूर्ण खेलका लागि गण्डकी–११ को फुटबल टिम दैनिक प्रशिक्षण गरिरहेको टिम कप्तान अनिल गुरुङले बताए।

स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल मैत्रिपूर्ण फुटबल खेल्नकै लागि नेपाल आउन लागेको हो। काथेरेन्यो फुटबल क्लबmले पुस १३ गते पोखरामा गण्डकी–११ र पुस १४ गते काठमाण्डौंको दशरथ रंगशालामा काठमाण्डौंको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा हुन गइरहेको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप र युरोकपमा सहभागी स्पेनका खेलाडी पोखरा रंगशालामा फुटबल खेल्नकै लागि आउदैछन्।

 

उज्वल रञ्जित, अध्यक्ष (एन्फा कास्की)

‘नेपालमा फुटबल खेल्नकै लागि यति ठूलो खेलाडीहरु पहिलो पटक पोखरा आउँदैछन्। त्यसमा पनि कास्की पोखरालाई नै उनस्हरुले रोज्नुभएको छ। फुटबल विकासको लागि यो प्रतियोगिता ब्रेक थ्रु हुन सक्छ। फुटबल विकासको लागि म संघको अध्यक्षमा आएको मान्छे हुँ। फुटबल विकासको लागि लुम्बिनी गार्डेन फाउन्डेसनले ल्याएको प्रस्तावलाई स्वीकार्दै आफनो व्याक्तिगत र संस्थागत सहयोग रहन्छ।’

 

एकराज गिरी, महासचिव (लुम्बिनी गार्डेन फाउन्डेसन)

स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल मैत्रिपूर्ण फुटबल प्रतियोगिताको लागि नेपाल आउनु भनेको नेपाल र नेपाली फुटबल विकासको लागि ठुलो अवसर हो। यस्तो सुनौलो मौकालाई अवसरको रुपमा लिन सबैलाई आग्रह गर्दछौं।’

 

गोविन्द सुवेदी, उपाध्यक्ष (लुम्बिनी गार्डेन फाउन्डेसन)

‘विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको लुम्बिनी फाउन्डेसनले भगवान गौतम बुद्धको जन्मभूमीमा प्रत्येक वर्ष स्पेनका चर्चित खेलाडीहरुलाई बोलाएर मैत्रिपूर्ण फुटबल प्रतियोगिताको लागि नेपाल भित्राउने योजना बनाएका छौं।’

 

सुन्दर थापा, (लुम्बिनी गार्डेन फाउन्डेसन)

‘पुस १३ गते पोखरामा हुने भनिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको लागि प्रदेश सरकार, महानगरपालिका, प्रदेश खेलकुद मन्त्रालयमा आवश्यक छलफल भइसकेको छ। अब, १/२ दिनमा अनलाइन टिकट बिक्रिका लागि खुल्ला गर्नेछौं। फुटबल हेर्ने दर्शकको लागि सोही दिन डोर टिकटको व्यवस्था पनि हुनेछ।’