पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान अवतरण

जनसम्मत
पौष १०, २०७९, आइतबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमानलाई आज (आइतबार) अवतरण गरिएको छ।

सौर्य एयरलाइन्सको बम्बार्डियर सिआरजे २०० विमानलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो।

यहाँ, सौर्य एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने जनाएको छ।

एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ उडान गर्नेसमेत जनाएको छ। युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित र आरामदायी मानिन्छ।

काठमाडौं–पोखरा–काठमाडौं फ्लाइट नियमित गरिने भन्दै एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।