गण्डकी साहित्य संगममका अध्यक्षमा भीम रानाभाट

जनसम्मत
पौष ९, २०७९, शनिबार

साहित्यकार भीम रानाभाट गण्डकी साहित्य संगममका अध्यक्ष बनेका छन्।

संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्।

संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन्।

त्यसैगरी, नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन्।

११ सदस्यीय कार्यसमितिमा २ सदस्य पछि मनोनयन गर्ने जनाइएको छ।

वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी, नारायण परिश्रमी सदस्य रहेको निर्वाचन समितिले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति गठनका लागि सर्वसम्मत चयन गरेको हो।

नव निर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्य समिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे। रानाभाटले सबैलाई समेटेर प्रगतिवादी साहित्यको उत्थान र विकासमा लाग्दै नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयीकर्मीलाई क्रियात्मक अभियानमा आवद्ध गर्ने प्रतिबद्धता जनाए।

संगमका अध्यक्ष डा.कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष पद्मराज ढकाल, वाम बुद्धिजीवीहरू झलकपाणी तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्तेल, कृष्ण केसी, यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतमलगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखे।

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम ढकाल कक्षमा आयोजित संगमको साधारण सभामा संगमका सचिव भीम रानाभाट र कोषाध्यक्ष विजया सुवेदीले पेश गरेको प्रतिवेदनहरू अनुमोदन गर्‍यो।