प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस

जनसम्मत
पौष १०, २०७९, आइतबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यक्ष प्रचण्डले सो दाबी पेस गरेको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डले एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी ७ दलको सहमतिमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। यस्तै, स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन्।

सो दाबी पेस गर्ने क्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको उपस्थिति रहेको छ। यसैगरी, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू सहभागी छन्।