प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

जनसम्मत
पौष १०, २०७९, आइतबार

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले मंसीर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनैपनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि २ वा २ भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष ले नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सांसदको हस्ताक्षर पेश गरेपछि ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ। प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र ३ स्वतन्त्र सांसदहरुको समर्थन छ।