पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

जनसम्मत
पौष ११, २०७९, सोमबार

पोखरामा आज (सोमबारदेखि) १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु भएको छ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन र कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिता भएको हो।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ प्रतिस्पर्धा सकिएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन्।

जसअनुसार प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स र डबल्स प्रतिस्पर्धा सकिएको छ। प्रतियोगितामा ४५ वर्ष माथि सिंगल्समा प्रदीप शाहले विरेन्द्र लामा ६–०, ६–२ ले, सिजर गुरुङले रामबहादुर वि.क.लाई ६–१, ६–४, मिन पुनले पदम गुरुङलाई १–६, ६–१ र १०–३ ले पराजित गरेका छन्।

त्यसैगरी, शरण गुरुङले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले, आशिष सिग्देलले अनुज बास्तोलालाई ७–६, ६–४ ले, अमृत रोक्काले देव थापालाई ६–०, ६–१ ले पराजित गरेका छन्।

उत्तम वोगोटीले राजेन्द्र चापागाईलाई ६–४,६–१, रोहित सुनुवारले केबी लामालाई ६–१, ६–० ले, ठाकुर खनालले भिष्मराज पौडेललाई ७–६, ५–७, १०–७ ले, सुनिल श्रेष्ठले नारायण पहारीलाई ६–१, ६–४ ले पराजित गर्दा शिव सुवेदीले एमडी युनिसलाई वाक ओभर दिएका छन्।

भारतका टी तुलेश्वर सिंहले नेपालका मनोज श्रेष्ठलाई ६–०, ६–१ ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ६–३, ६–३ ले, महेश श्रेष्ठले युका वाल्टर स्मिथलाई ६–०, ६–० ले, गोपी भट्टराईले विकास गुरुङलाई ६–४, ६–२ ले पाखा लगाउँदा बिमल गुरुङले मनोज ढुंगानालाई वाक ओभर दिएका छन्।

३५ वर्ष माथिको खेलमा सन्तोष खत्रीले दीप रानालाई ६–३, ६–१ ले, माधव भण्डारीले मनोज श्रेष्ठलाई ६–१, ६–१ ले, निरज थापाले प्रकाशराज वाग्लेलाई ७–५, ६–३ ले, जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–१ ले, हराएका छन्।

त्यसैगरी कमल भण्डारीले सरिन देउजालाई ६–०, ६–१ ले, देव क्षत्रीले मिलन गर्वुजालाई ६–२, ६–३ ले, छेवाङ लामाले सविर मियाँलाई ६–०, ६–१ ले, चोमबहादुर शाहीले नवराज शर्मालाई ७–६, ६–१ ले, सम्डुप लामाले अनिल सेञ्चुरीलाई ६–३, ६–४ ले र सिमान्त गुरुङले लक्ष्मण तामाङलाई ६–०, ६–१ को सोझो सेटमा हराएका छन्।

५५ वर्ष माथिको सिंगल्सतर्फ पहिलो चरणको प्रतिस्पर्धामा काजी गुरुङ, अनिल तुलाचन, एन दिलिपसिंह, कर्ण तामाङ, बिनोद कायस्थ, समिर शेरचन, सुरेन्द्र माकाजु र डियोनम लामाले आ–आफ्नो खेल जितेका छन्।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्।