स्पेनिस काथेरेन्यो र गण्डकी–११ को मैत्रीपूर्ण फुटबल आज

आउनुहोस, रोमाञ्चक मैत्रीपूर्ण खेल हेरौं, बुद्धको जन्मभूमीमा हुने खेलमार्फत शान्तिको सन्देश फैलाऔं

जनसम्मत
पौष १३, २०७९, बुधबार

स्पेनिस फुटबल टोली काथेरेन्यो र गण्डकी–११ को पोखरामा  (बुधबार) हुँदैछ। मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ।

आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लव र गण्डकी–११ बीच आज (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजनासहित संपूर्ण व्यवस्थापन मिलाएको छ।

पोखरा रंगशालामा बुधबार दिउँसो २:३० बजेपछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको हिँजो (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसले जानकारी गराइसकेको छ।

बुद्धको जन्मभूमी नेपालमा हुने स्वदेशी र विदेशी टिमबीचको मैत्रीपूर्ण खेलमार्फत शान्तिको सन्देश प्रवाह हुनेछ। स्पेनको ंमिडियासहित काथेरेन्यो क्लब नेपालमा फुटबल खेल्न आउनु भनेको नेपाललाई विश्वले अझ नजिकबाट चिनाउन यसले मद्दत पुनेग्छ।

काथेरेन्यो क्लब स्पेनको ‘बी’ डिभिजनको माथिल्लो स्तरको क्लब हो। उसले ‘ए’ डिभिजनको लागि तयारी गर्दै आएको छ। काथेरेन्योले व्यवसायिक फुटबलर लिएर पोखरामा आज हुने मैत्रीपूर्ण फुटबल खेल्न आएको हो। गण्डकी–११ र काथेरेन्योबीचको मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक र उत्कृष्ट हुने अपेक्षा गरिएको छ।

गण्डकी–११ ले पनि घरेलु मैदानको भरपूर फाइदा लिने गरी खेल्नेछ। राष्ट्रिय टिमका पूर्व खेलाडी तथा युवा खेलाडीहरु सम्मिलित गण्डकी–११ को टिम सन्तुलित छ।

स्पेनको ‘बी’ डिभिजनको उत्कृष्टमध्येको एक क्लवसँग नेपाली गण्डकीको ११ ले पोखरामा फुटवल खेल्न पाउनु खेलाडी र दर्शकहरुका लागि ठूलो उपलब्धि हुनेछ। उनीहरुसँगको मैत्रीपुर्ण फुटबल खेल्नाले यहाँका फुटबलरहरुलाई फुटबलका केही सीप तथा ज्ञान हासिल गर्ने अवसर मिल्नेछ।

मैत्रीपूर्ण फुटबल अवलोकन गर्न दर्शक शूल्क ५ सय रहेको आयोजकले जनाएको छ।

उक्त मैत्रिपूर्ण फुटवल खेल ‘शान्तिको लागि फुटबल’ भन्ने मूल नारासहित आयोजना हुन लागेको फुटबल प्रतियोगिताको लागि पोखरामा हिँजो (मंगलबार) बिहान ५५ जनाको स्पेनिस जम्बो टोली पोखरा आइपुगेको छ।

कास्की जिल्ला फुटवल संघको सहकार्यमा, गण्डकी प्रदेश सरकार र विभिन्न संघसंस्थाको सहयोगमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो।

स्पेनको उक्त टोलीले विहिबार भने काडमाण्डौं–११ सँग दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण फुटवल खेल्नेछ।