पोखरामा २४ औं ‘सडक महोत्सव’ सुरु

महोत्सवमा अन्तर्राष्ट्रिय खाना प्रदर्शनी, दोहोरी प्रतियोगिता, रात्रीकालीन कन्सर्ट, वेटर रेस, डुंगा रेस र ‘टग अफ वार’ लगायतका कार्यक्रम तथा खेलकुदहरु हुनेछन्

जनसम्मत
पौष १३, २०७९, बुधबार

पोखरामा यस वर्षको सडक महोत्सव आज (बुधबार) देखि सुरु भएको छ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) को आयोजनामा २४ औं पोखरा सडक महोत्सव बुधबारदेखि सुरु भएको हो।

पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सडक महोत्सवको उद्घाटन गरेका हुन्।

आचार्यले कार्यक्रममा बोल्दै छिट्टै पोखरालाई पर्यटकको राजधानी घोषणाका लागि संघीय तथा प्रदेश सरकारले पहल गर्ने बताए। जसमा महानगरको तर्फबाट पनि साथ सपोर्ट गर्ने प्रतिवद्धता उनको प्रतिबद्धता थियो।

प्रमुख आचार्यले सवैलाई स्वास्थ्य र सुरक्षाको ख्याल राख्नुपर्नेमा जोड दिए। सामान्य कुराको ख्याल नराख्दा स्वास्थ्यमा समस्या आउनुका साथै विभिन्न घट्नाहरु घटेकाले यसप्रति आपैm सचेत हुनुपर्ने अवलोकनकर्ताहरुलाई प्रमुख आचर्यले आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी टेकवहादुर केसीले महोत्सवलाई पूर्ण रुपमा सफल बनाउन स्थानीय प्रशासनको साथ र सहयोग रहने प्रतिवद्धता जनाए।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अध्यक्ष कासीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, रेवान केन्द्रीय सदस्य अरनिको राजभण्डारी, रेवान कास्कीका अध्यक्ष नरेश भट्टराइलगायतले बोलेका थिए।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सामुदायको नृत्य तथा झाँकीहरु प्रस्तुत गरिएको थियो।

उद्घाटनअघि पोखरा खहरेदेखि निकालिएको र्‍यालीमा सहभागी उत्कृष्ट झाँकीलाई पुरस्कार वितरण गरिएको थियो।

‘सडकमै खाउ सडकमै रमाउ’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा कोमागानेपार्कभित्र १६ र बाहिरपट्टि १०० स्टलहरु रहको रेवान अध्यक्ष नरेश भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार महोत्सव अवधिभर राती १२:०० बजेसम्म पोखराको विभिन्न ठाउँमा पुग्ने यातायातको व्यवस्था गरिएको छ।

महोत्सवमा अन्तर्राष्ट्रिय खाना प्रदर्शनी, दोहोरी प्रतियोगिता, रात्रीकालीन कन्सर्ट, वेटर रेस, डुंगा रेस र ‘टग अफ वार’ लगायतका कार्यक्रम तथा खेलकुदहरु हुनेछन्।