निरज गुरुङले जिते गण्डकी प्रदेशस्तरिय ठेलोको उपाधि

जनसम्मत
पौष १८, २०७९, सोमबार

निरज गुरुङले गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगिताको उपाधि जितेका छन्।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगितामा निरजले उपाधि जितेका हुन्।

पोखरा रंगशालामा आज (सोमबार) आयोजित ठेलो प्रतियोगितामा निरजले १५.१९ मिटर ठेलो फाल्दै पहिलो भए।
उनले नगद ३५ हजार रुपैयाँ नगद पुरस्कार जिते।

त्यस्तै, प्रतिस्पर्धी किरण वि.क. ले १४.९४ मिटर ठेलो फाल्दै दोस्रो बने। किरणले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

त्यस्तै, रोहित सुनारले १४.२० मिटर ठेलो फाल्दै तेस्रो भए। रोहितले नगद १५ हजार पुरस्कार जिते।

यसअघि, गण्डकी प्रदेशसभा सदस्य खगराज अधिकारीले ठेलो हानेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।