अग्रज पत्रकार नारायण कार्कीलाई सम्मान

जनसम्मत
पौष १८, २०७९, सोमबार

स्वतन्त्रताका सेनानी एवं अग्रज पत्रकार नारायण कार्की मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीद्वारा सम्मानीत भएका छन्।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा एकेडेमीले पत्रकार कार्कीलगायत पूर्व फुटबल खेलाडी र नृत्यकर्मीलाई सम्मान गरेको हो।

गण्डकी प्रदेशसभा सदस्य खगराज अधिकारीले पत्रकार कार्कीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन्।

त्यस्तै, एकेडेमीले पूर्व फुटबल खेलाडी रुद्रनाथ पौडेल र वरिष्ठ नृत्यकर्मी बुद्धिप्रसाद गुरुङ ‘गौरी’ लाई सम्मान गरेको हो।

एकेडेमी गण्डकीका संयोजक राजेशकुमार गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो।